अर्घाखाँचीका किसान सिताके च्याउप्रति आकर्षित

अर्घाखाँची, २९ मंसिर – कम मेहनेत र थोरै लगानीमा अरु च्याउ भन्दा महंँगोमा बिक्री हुने भएपछि जिल्लामा सिताके च्याउप्रति किसान आकर्षित भएका छन् । ओखर, उत्तीस, कटुस, धार्ने जस्ता काठको मुडामा उत्पादन गरिने यो च्याउको लागि छुट्टै घर बनाउनु पर्दैन । मेहनेत थोरै लाग्ने र एकपटक लगाएपछि चार पाँच वर्षसम्म फलिरहने भएकाले यो च्याउप्रति आकर्षण बढेको हो । अरु भन्दा बढी स्वादिलो हुने भएकाले अन्य च्याउको तुलनामा यसको मूल्य दोब्बर पर्ने कृषक कृषक गाणेशप्रसाद बञ्जाडे बताउनुहुन्छ । “प्रतिकिलो रु पाँच सयदेखि रु सात सयसम्ममा घरबाटै बिक्री हुन्छ” उहाँले भन्नुभयो । काठमाडौँ, पोखरालगायतका सहरमा प्रतिकिलो रु दुई हजारदेखि रु पाँच हजारसम्म पर्ने बञ्जाडेले बताउनुभयो । यो च्याउको व्यावसायिक उत्पादन बढाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ । काठको मुडो नकुहेसम्म निरन्तर फल्ने यो च्याउखेती गर्न सजिलो भएको कृषक बताउँछन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment