काठमाडौंको न्युरोडबाट पुस १२ गते ९३ तोला सुन चोर्ने पोखरामा पक्राउ

काठमाडौं, २२ पुस । काठमाडौं न्युरोडको लक्ष्मी सुनचाँदी पसलबाट पुस १२ गते ९३ तोला सुन चोर्ने चोर पोखरामा पक्राउ परेका छन् । कास्की प्रहरीले ९३ तोला सुन चोर्ने चिरञ्जीवी पुनलाई पोखराबाट पक्राउ गरेको जनाएको छ । म्याग्दी स्थायी घर भएका पुनले पोखराको टुँडिखेल राष्ट्रिय उच्चमाविमा १२ कक्षा पढ्दै गरेको प्रहरीले जनाएको छ। नुवाकोट घर भई काठमाडौं गोंगबु बस्ने उमेश तामाङ र दिलबहादुरले सुन चोरीका लागि चिरञ्जीवीलाई प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Share on Google Plus

About Google Girl

0 comments:

Post a Comment