नौ हजार तिर्न नसक्दा कारागार पुगेका कैदीको मृत्यु

राजविराज : नौ हजार आठ सय रुपैयाँ धरौटी तिर्न नसकेर कैदी जीवन बिताइरहेका एक कैदीको राजविराजस्थित कारागारमा गएराति मृत्यु भएको छ । जिल्ला कारागारमा रहेका कैदी राजविराज–८ का ५५ वर्षीय अशोक गुप्ताको गएराति ११ बजे उपचारका क्रममा मृत्यु भएको निमित्त जेलर कृष्ण दाहालले जानकारी दिए । क्षयरोगी गुप्ता राति अकस्मात गम्भीर भएपछि उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो । नकबजनी चोरी मुद्दामा कारागारमा रहेका उनलाई जिल्ला अदालतले गत जेठ २६ गते धरौटी वापतको रकम असुल गरेर रिहा गर्ने फैसला गरेको थियो । सो रकम तिर्न नसकेपछि सो वापत उनी कारागारमा थप कैद भुक्तान गरिरहेका थिए ।
Share on Google Plus

About Google Girl

0 comments:

Post a Comment