सोल–उत्तर कोरियाले पहिलो पटक हाइड्रोजन बमको परीक्षण गरेको दाबी गरेको छ। सोही कारण उत्तर र दक्षिण कोरियाका केही इलाकामा भूकम्पको धक्का अनुभव गरिएको थियो। उत्तर कोरियाको स्टेट टेलिभिनका अनुसार बुधबार विहान स्थानीय समयानुसार विहान १० बजे उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको थियो। यो भन्दा पहिला नै युन्गेय–रीमा न्युक्लियर टेस्ट गरेको थियो। उत्तर कोरियाले सो बमको परीक्षण ८ जनवरीमा सर्वोच्च नेता किम जोंगको जन्म दिनको अवसरमा परीक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उत्तर कोरियाले हाइड्रोजन बम यांगयोन न्युक्लियर रिसर्च सेन्टरमा उत्तर कोरिया र तत्कालीन सोभियतसँगबीच १९५० भएको सम्झौतापछि बनाइरहेको छ। उत्तर कोरियाले बम बनाउने कार्यक्रम १९६१ देखि सुरु गरेको थियो भने १९६४ मा पूरा गरेको थियो। सो अभियानमा १९६२ अमेरिकी डलर खर्च भएको थियो। हाइड्रोजन बम न्युक्लियर बमको तुलनामा कयौं गुण शक्तिशाली हुन्छ, किनभने हाइड्रोजन या थर्मोन्युक्लियर बममा चेन रिएक्शनको फ्युजन हुन्छ। उत्तर कोरियाले २००६, २००९ र २०१३ मा न्युक्लियर बमको परीक्षण गरिसकेकेो छ। अमेरिकी भूगर्भ विभाग यूएस जियोलोजिकल सर्वेका अनुसार बुधबार विहान भूकम्पको धक्का महशुस भयो। भूकम्पको गति ५ दशमलव१ रेक्टरस्केलको थियो। उत्तर कोरियामा न्युक्लियर परीक्षण सेन्टर नजिक बुधबार भूकम्पको धक्का महशुस भएको थियो।
उत्तर कोरियाले गर्यो पहिलो हाइड्रोजन बम परीक्षण

0 comments:
Post a Comment