यी हुन् सुनको कार र जहाजका मालिक ब्रुनाइका सुल्तान

ब्रुनाइका सुल्तान हसनलको नाम नेपालीका लागि नौलो हुनसक्ला तर विश्वका लागि यो नाम एउटा अति धनाढ्य व्यक्तिका रुपमा प्रसिद्ध छ। ब्रुनाइको सम्पन्नता र यहाँका सुल्तानको रहिस शैलीको एउटा मात्र कारण भनेको यहाँको तेल हो। सन् १९८० मा यहाँका सुल्तानको नाम विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा सार्वजनिक भयो। सन् १९९० सम्म विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका उनलाई अमेरिकी व्यवसायी बिल गेट्सले पछाडी पारे।छोरा बुहारीसँग विहेको अवसरमा सुल्तान ब्रुनाइका सुल्तान विशेष उनको शौखका कारण प्रसिद्ध छन्। उनको प्रसिद्धिको शौख हो कार संकलन। विश्वभरका सबैभन्दा महँगा कारहरुको संकलन गर्नु उनको शौख हो। फरारी, लेम्बोर्गिनी, एस्टन मार्टिन, बेन्टले र रोल्सरोयस जस्ता महँगा कारहरु उनको संकलनमा रहेका छन् सुल्तानको कारहरु संकलन गर्ने ग्यारेज मात्रै पाँच हृयांगर (हवाइ जहाज पार्क गर्न बनाइने विशेष विमान पार्क) जति क्षेत्रफलमा फैलिएको छ। ७००० कारको कलेक्सनसुल्तानको कारको संकलन ब्रुनाइका सुल्तानको ग्यारेजको शोभा र चर्चाको विषय नै यहाँ रहेका ७००० कारहरु हुन्। उनले विश्वका सबैभन्दा महँगाको सूचिमा रहेका ७००० कार संकलनमा राखेका छन्। जसमध्ये ६०० मर्सिडिज, ३०० फरारी हुन्। उनीसँग एउटा २४ क्यारेट सुन जडिएको कार छ। जुन उनको विशेष कार हो। सुनको कार मात्र नभएर सुल्तानको दरबारको छाना पनि सुनको छ। सुल्तानको कारहरुको मुल्य मात्रै पाँच खरब भन्दा बढि को छ।सुनको जहाजसुल्तानको सुनको जहाज ब्रुनाइका सुल्तानसँग सुनको जहाज पनि छ। बोइङ ७४७-४०० जहाजलाई विशेष रुपमा तयार पारिएको उनको जहाज नै एउटा भव्य दरबार हो। जहाजमा बैठक कोठाको भव्यताले उनको सुन र धन प्रतिको लगाब देखाउँछ। उनको जहाजको भित्रीभामा सबैतिर सुन जडिएको छ। आधुनिक प्रविधि र उपकरण जोडिएको विमानबाट उनले राज्यको सबै सूचना लिन र आदेश दिन सक्छन्। उनीसँग यो सुनको जहाज बाहेक बोइङ ७६७-२०० र एयरबस ए३४०-२०० पनि रहेको छ। सुनको कार ब्रुनाइ सुल्तानसँग २४ क्यारेट सुनको लेपन गरिएको पुरै सुनै सुनमात्र देखिने मर्सिडिज कार रहेको छ। विशेष भ्रमण र अवसरमा उनले यो कार चढेर हिँड्ने गर्दछन्।ब्रुनाइ सुल्तानसँग २४ क्यारेट सुनको लेपन गरिएको पुरै सुनै सुनमात्र देखिने मर्सिडिज कार रहेको छ। विशेष भ्रमण र अवसरमा उनले यो कार चढेर हिँड्ने गर्दछन्।
,

0 comments

Write Down Your Responses


Share on Google Plus

About Google Girl

0 comments:

Post a Comment