पुस १, २०७२-
अपडेट ::
जनकपुर चाेकमा प्रदर्शन गरिरहेका मार्चाका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार समेत गरेकाे छ ।
मन्दिर परिसर पूर्णरुपमा खाली गराइएकाे छ ।
...
राष्ट्रपति विद्यादेवी भण्डारीे विवहा पञ्चमीको अवसरमा जनकपुर आउने भएपछि त्यसको विरोधमा जनकपुर तनावग्रस्त बनेको छ ।
जनकपुरका मुख्य चोकमा मधेसी मोर्चा तथा मधेसी गठबन्धनका कार्यकर्ताहरुले संयुक्तरुपमा विरोध गरिरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शन गर्न आउने भनेपछि हिजो मंगलबार नै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा संयुक्त समावेसी मधेसी गठबन्धनले त्यसको विरोध गर्ने बताएका थिए ।
राष्ट्रपति भण्डारी १२ बजेको आसपास हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम रहेको छ ।
अहिले रामजानकी मन्दिर परिसरलाई पूर्णरुपमा खाली गराइँदै छ । नेपाल र भारतबाट त्यहाँ दर्शन गर्न पुगेका भक्तजनहरुलाई यसरी मन्दिर परिसरबाट निकालिनु गलत भएको तिर्थालुहरुको गुनासो छ ।
राष्ट्रपतिको भ्रमणलाई लिएर जनकपुरमा तनाव, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार मन्दिर परिसर खाली गराइयाे
पुस १, २०७२-
अपडेट ::
जनकपुर चाेकमा प्रदर्शन गरिरहेका मार्चाका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार समेत गरेकाे छ ।
मन्दिर परिसर पूर्णरुपमा खाली गराइएकाे छ ।
...
राष्ट्रपति विद्यादेवी भण्डारीे विवहा पञ्चमीको अवसरमा जनकपुर आउने भएपछि त्यसको विरोधमा जनकपुर तनावग्रस्त बनेको छ ।
जनकपुरका मुख्य चोकमा मधेसी मोर्चा तथा मधेसी गठबन्धनका कार्यकर्ताहरुले संयुक्तरुपमा विरोध गरिरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शन गर्न आउने भनेपछि हिजो मंगलबार नै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा संयुक्त समावेसी मधेसी गठबन्धनले त्यसको विरोध गर्ने बताएका थिए ।
राष्ट्रपति भण्डारी १२ बजेको आसपास हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम रहेको छ ।
अहिले रामजानकी मन्दिर परिसरलाई पूर्णरुपमा खाली गराइँदै छ । नेपाल र भारतबाट त्यहाँ दर्शन गर्न पुगेका भक्तजनहरुलाई यसरी मन्दिर परिसरबाट निकालिनु गलत भएको तिर्थालुहरुको गुनासो छ ।

0 comments:
Post a Comment