इन्डोनेसियामा शक्तिशाली भूकम्प


काठमाडौं, मंसिर २३ । इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको सेरम सहरनजिकको समुद्रलाई केन्द्रबिन्दू बनाइएर ६.९ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ । भूकम्पका कारण कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पपछि समुद्री आँधी सुनामीको सम्भावना नरहेको इन्डोनेसियाको भूगर्भ विभागले जनाएको छ । इन्डोनेसियामा सन् २००४ को डिसेम्बरमा गएको सुनामीमा २ लाख ३० हजारको मृत्यु भएको थियो । (एजेन्सी)
Share on Google Plus

About Nepali Google Boy

0 comments:

Post a Comment