काठमाडौं – राष्ट्रिय जागरण अभियान नेपालका संयोजक डा। उपेन्द्र देवकोटाले अहिलेको संविधान एनजीओको विधान जस्तो भएकोले देशमा मानवीय संकट आएको बताएका छन् ।
राजनीतिक दलका नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएकै कारण नाटकीय ढंगबाट विधानको रुप लिएर संविधान जारी भएको बताए । अप्राकृतिक रुपमा गरिएको बाह्र बुँदे समभ्mदारीको गर्भमा पश्चिमेली दिशाबाट प्रवेश पाएकोे संघीयता र धर्म निरपेक्षताकै कारण नाकाबन्द जस्तो अमानवीय संकट नेपालीले भोग्नु परेको संयोजक देवकोटाको भनाई छ ।
डा. उपेन्द्र देवकोटाको नेतृत्वमा जन्मियो अर्को नयाँ शक्ति
राष्ट्रिय जागरण अभियान नेपालले बुधबार संवाद डबलीमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै देवकोटाले नाकाबन्द विषयमा भारतसँग नझुक्न सरकारसँग आग्रह गरेका छन् । उनले भने ‘संकटमा परेका नागरिकलाई वैकल्पिक माध्यमबाट दैनिकीलाई सहज बनाउन ढिलाई भइसक्यो ।’
‘नेपालीले नून–चिउरा खाएर राष्ट्रियताको लडाईमा उभिएका बेला कुनै हालतमा सरकारले घुँडा टेक्न मिल्दैन । अन्यथा, गलत तत्वले बितण्ड मच्चाउने र देशलाई बर्बादीमा पु¥याउने निश्चित छ’ उनको भनाई छ ।
अन्तर्राष्ट्रिय पारवाहन सन्धिविरुद्ध छिमेकी भारतले नेपालमाथि नाकाबन्द गरेर अमानवीय कार्य गरेको भन्दै उनले त्यसविरुद्ध लड्न सम्पूर्ण नेपालीहरु एकजुट हुनु पर्नेमा जोड दिए ।
अभियान नेपालका केन्द्रीय सदस्य अनार सिंह बस्नेतले भारतले नाकाबन्द गरेर देशभित्र गम्भीर संकट पैदा गराउँदा सरकारले खुट्टा कमाएको बताए ।
त्यस्तै अर्का केन्द्रीय सदस्य भरत दाहालले भारतीय शासक वर्ग र पश्चिमेली शक्तिको स्वार्थ बाझिएकै कारण नेपालीले मानवीय संकट व्यहोर्नु परिरहेको बताए । यसबेला देशभक्त नेपाली एकजुट भएर राष्ट्रियता र स्वाधीनताको पक्षमा उभिनु पहिलो आवश्यकता भएको बताएका छन् ।

0 comments:
Post a Comment