'मधेसी नेताहरु दिल्ली धाएर सिल्ली बने'



चितवन : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी नेताहरु भारतीय नेतालाई भेट्न दिल्ली गएर सिल्ली बनेको बताएका छन् । नेकपा एमाले केन्द्रीय सचिवालयले चितवनको सौराहामा सोमबारदेखि गरेको दुईदिने विशेष राष्ट्रिय भेलाको समापनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले आफ्नो समस्या लिएर दिल्ली गएका मधेसी नेताहरु सिल्ली बनेको बताएका हुन् । ‘आफ्नो समस्या समाधानका लागि दिल्ली धाएर मधेसी नेताहरु सिल्ली भएका छन्’, खनालले भने, ‘एकापसमा बसेर छलफल गर्ने हो भने जुनसुकै समस्याको पनि समाधान निकाल्न सकिन्छ । 

कोही दिल्ली धाउने, कोही बेइजिङ धाउने, कोही पश्चिम धाउने कामले राष्ट्रिय एकता कमजोर हुन्छ ।’ आन्तरिक मामिला अरुले सुल्झाइदेओस् भन्ने चाहना राष्ट्रिय चिन्तन नभएको बताउँदै नेता खनालले देशको समस्या आफँैले हल गर्नुपर्ने र गर्न सकिने बताए । अर्का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तराईका अराजक गतिविधि रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए । ‘सीमाक्षेत्रका एफएम रेडियोले भ्रामक, उत्तेजक र राष्ट्रिय एकतामा आँच पुग्ने समाचार तथा विश्लेषण दिएका छन्’, उनले भने, ‘सबै एफएम जातीय सद्भाव कायम गर्ने हिसाबले चलुन् भन्नेतर्फ सरकारले काम गर्नुपर्छ ।’
Share on Google Plus

About Nepali Google Boy

0 comments:

Post a Comment