म संसार कै अदभूत प्रेमी हुँ : रणवीर

मंसिर २४ – बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम दुई बलिउड अभिनेता रणवीर कपुर र रणवीर सिंहसँग जोडीने गरेको छ । रणवीर कपुर दीपिकाका पूर्व प्रेमी हुन् भने सिंह अहिलेका । दीपिकाकाका अहिलेका प्रेमी रणवीर सिंहले आफूलाई संसारकै असल प्रेमी भएको दाबी गरेका छन् । सन्जय लिला भन्सालीको ‘रामलिला’मा रणवीर सिंह र दीपिकाले पहिलो पटक जोडिको रुपमा काम गरेका थिए । रणवीर सिंहले भने ‘म आफ्नो जिन्दगीमा खुशी छ र म जसको साथमा छु उसको लागि म विशेष छु, किनकी मलाई थाहा छ म संसारकै सबैभन्दा अद्भुत प्रेमी हुँ ।’ उनले ‘बाजीराव मस्तानी’मा त्रिकोणात्मक प्रेम कहानी देखाइए पनि आफ्नो वास्तविक जीवनमा भने यस्तो अवस्था नआउने बताएका छन् । आउँदो डिसेम्बर १८ तारिखमा रिलिज हुने बाजीराव मस्तानीमा रणवीर सिंह, दीपिका पादुकोण र पिय्रंका चोपडाले मुख्य भूमिका निभाएका छन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment