सिंहदरवारमा प्रमुख दल र मधेसी मोर्चाको बैठक सुरु

काठमाण्डु, २४ मंसिर – सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच वार्ता शुरु भएको छ ।
फाइल फोटो फाइल फोटो प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी बैठकमा तीन दलले तय गरेको साझा अवधारणा, संघीयताको सीमांकन लगायतका विषयमा छलफल भइरहेको छ । मधेसी मोर्चाका नेताहरु भारत भ्रमणमा गएर फर्किलगत्तै भएको बैठकमा नेताहरुले सिमांकनका बारेमा छलफल गर्न तयार भएका हुन् । बैठकमा पुननिर्माण प्राधिकरण गठनका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । संसद्को विधायन समितिले पुननिर्माण प्राधिकरणसम्बन्धि विधेयक पारित गरेर संसदमा पठाइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाले लामो समयदेखि सदन अवरुद्ध पारेकाले संविधान संसोधनलगायत विभिन्न विधेयकहरुले संसदमा प्रवेश पाएका छैनन् । यसअघि संघीय समाजवादी फोरमको कार्यालयमा बसेको मोर्चाको बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणका लागि गठन हुने पुननिर्माण प्राधिकरण विधेयक नरोक्ने निर्णय गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओल, एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, माधव कुमार नेपाल। मोर्चाको तर्फबाट नेता उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, अशोक राई लगायतकाको सहभागिता रहेको छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment