हिमालयन बैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाण्डु, २४ मंसिर-नेपाल क्लियरिङ हाउस लि र हिमालयन बैंक लिबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा क्लियरिङ हाउस लिका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले हस्ताक्षर गरे । सम्झौताबमोजिम क्लियरिङ हाउस लिले बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउनेछ । सो प्रणालीमार्फत कम्पनीसँग आबद्ध बैंक तथा वित्तीय संस्थामा ग्राहक आफँैले कुनै पनि खातामा भुक्तानी दिन र लिन सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, नाफा भुक्तानी, बिल भुक्तानी, किस्ता भुक्तानी, सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरणरतलब भुक्तानी, विप्रेषणलगायत सबै प्रकारका भुक्तानी दिने तथा लिने सेवा सो प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाले गर्न सक्नेछन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment