'सुशील र देउवा दुवै फेल, अब म अगाडि बढ्छु'

काठमाडौं :कांग्रेसका नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनमा आफू सभापति पदका लागि उम्मेदवार बन्ने बताएका छन् । प्रेस युनियनले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, सुशील कोइराला र शेरबहादुर देउवा दुवै टेस्ट भइसक्नु भएको छ। पछिल्लो राजनीतिक घटनाक्रममा उहाँहरु दुवै असफल भएकोले अब म अगाडि बढ्छु । 



म सभापति हुनुबाहेक अर्को विकल्प छैन । उनले आफूले पार्टीलाई सर्वसम्मत र एकढिक्का भएर हाँक्ने बताए । उनले आफूलाई सुशील र देउवा दुवै समर्थन गर्नुपर्ने बताउँदै भने, उहाँहरु दुवैको समर्थनमा म सभापति हुन्छु । उनले सभापतिमा कोइराला र देउवाले उम्मेदवारी दिएपनि आफूले नछाड्ने दाबी गरे। उनले राष्ट्रिय राजनीतिमा कोइराला बिचार र अडान राख्न नसक्ने र देउवा कम्युनिष्टसँग बहकिएका कारण असफल भएको आरोप लगाए। 

उनले भने, एउटा विचार र अडान राख्न नसक्ने अर्को सधै बामपन्थीले जे भन्छन त्यसकै पछि बहकिने, त्यसैले दुबै नेता असफल भइसके। उनले १६ बुँदे सहमति पार्टीले मान्नु नै गलत रहेको बताउँदै भने, त्यति बेला नै पार्टी नेतृत्वले राम्रोसँग अडान राखेर अघि बढेको भए अहिले मुलुकले यस्तो असहज अवस्था भोग्नुपर्ने थिएन। उनले मधेस आन्दोलनमा भावानात्मक भड्काव बढी रहेको बताए । उनले मधेसी दलहरुले इमोशनल ब्ल्याकमेलिङ गर्न खोजेको बताए ।
Share on Google Plus

About Nepali Google Boy

0 comments:

Post a Comment