उपेन्द्र, महन्थ र महेन्द्र नेपाल फर्कंदा राजेन्द्र महतो किन दिल्लीमै रहे ?

काठमाण्डु्, २३ मंसिर– दिल्ली दौडामा गएका मधेसी मोर्चाका शीर्ष नेता बुधबार राति स्वदेश फर्कंदैछन् । सरकारी पक्षले आन्दोलनबारे दिल्लीमा नकारात्मक सन्देश प्रवाह गरेको भन्दै मोर्चा आवद्ध चार दलका शीर्ष नेता गत आइतबार दिल्ली गएका थिए । त्यसमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सदभावना पार्टी अध्यक्ष महेन्द्र राय यादव मात्र नेपाल आउने छन् । फोरम केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले नेताहरु जेट एयरको विमानमा राति ११ बजे दिल्लीबाट काठमाण्डु प्रस्थान गर्ने जानकारी दिए । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने केही दिन अझै दिल्लीमै रहने भएका छन् । मोर्चाका नेता स्वदेश फर्केलगत्तै प्रमुख दलबीच हुने वार्ताबाट नाकाबन्दी अन्त्यका लागि सार्थक निस्कर्ष आउने अनुमान गरिएकै बेला महतो दिल्लीमै रहने भएपछि उक्त अनुमान तत्कालका लागि गलत सावित भएको छ । दिल्ली बसाइका क्रममा मधेसी नेताले भारतीय विदेशमन्त्री सुषमा स्वराज, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस जयशंकरसहित राजनीतिक दलका नेतासँग भेटावार्ता गरेका थिए । यसैबीच दिल्लीमा बुधबार भएको एक कार्यक्रममा फोरम अध्यक्ष यादवले भारतले सहयोग नगरे पनि आफूहरुको आन्दोलन नरोकिने बताए । सदभावना अध्यक्ष महतोले नेपालको सरकार र सत्तारुढ दलले मधेस आन्दोलनबारे भ्रम फैलाएकाले त्यसलाई प्रष्ट पार्न आफूहरु दिल्ली आएको बताए ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment