किन बोलाइन् राष्ट्रपतिले प्रमुख दलका नेता ?

काठमाण्डु, २८ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुलाई बोलाएकी छन् । प्रमुख दल र मोर्चाबीच पटक पटक भएका छलफलहरु निष्कर्षबिहिन भएरहेका बेला राष्ट्रपति भण्डारीले प्रमुख तीन दलसहित मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, उपप्रधानमन्त्री विजयकुमार गच्छदालगायतलाई शीतल निवासमा साँझ ६ बजे बोलाएकी हुन् । राष्ट्रपति निर्वाचित भएपछि भण्डारीले पहिलोपटक मोर्चासहित प्रमुख दलका नेताहरुलाई शीतल निवासमा छलफलका लागि बोलाएकी हुन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment