काठमाडौं, मंसिर २८ - राष्ट्रपति विद्यादेवी भण्डारीले मधेशी मोर्चासँगको वार्ता परिणाममुखी नभएको र आपूर्ति व्यवस्था अझै सहज हुन नसकेकोमा दलहरुको ध्यानाकर्षण गराउनु भएको छ ।
दलका नेताहरुसँगको छलफलमा उहाँले भूकम्प पीडितहरूको अवस्था दयनीय हुँदै गएको, पुनर्निमाण प्राधीकरण सम्बन्धी विधेयकको स्थिति, करीब एक महिनादेखि व्यवस्थापिका–संसद अवरोधको अवस्थामा रहेकोमा पनि दलका नेताहरुको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै संविधानले समयवद्ध रूपमा सम्पन्न गर्ने कार्यहरूको शुरुवातसम्म पनि हुन नसकेको र स्थानीय निकायको निर्वाचनको सन्दर्भ समेत उठ्न नसकेको लगायतका समसामयिक विषयहरूमा जिज्ञासा राख्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराउनुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।
सोमबार बेलुकी राष्ट्रपति भवनमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी र राप्रपा नेपालका शीर्ष नेताहरूलाई बोलाएर उहाँले समसामयिक विषयमा चासो राख्नु भएको हो ।
जवाफमा दलका नेताहरुले मधेस आन्दोलन समाधान तथा पुनर्निर्माण विधेयक पारित गर्नका लागि सहमतिको प्रयास भइरहेको बताएका थिए ।
कांग्रेस अनुपस्थित
छलफलपछि राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता आचार्यले निकालेको विज्ञप्तिमा नेपाली कांग्रेसका नेताहरुलाई पनि बोलाएको उल्लेख छ । तर कांग्रेसका कोहि पनि नेता राष्ट्रपति भवनमा गएको देखिएन ।
राष्ट्रपति कार्यालय श्रोतका अनुसार सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवलाई छलफलका लागि बोलाइएको थियो ।
राष्ट्रपतिद्वारा दलहरुको ध्यानाकर्षण

0 comments:
Post a Comment