फोहोर फाल्ने ठाउँमा शिशुको शव भेटियो
सोलुखुम्बु, मंसिर २७ - सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ नयाँ बजारको खोल्सीमा फोहोरको ढङ्गुरमा आइतबार एक नवजात शिशुको शव भेटिएको छ ।
बालबालिका खेल्दै फोहोर फालिएको ठाउँमा पुग्दा शव देखेपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । शिशुको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायव उपरिक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो ।
अबैध यौन सम्बन्धबाट बच्चा जन्माएर हत्या गरि फालेको हुनसक्ने प्रहरहिले अनुमान गरेको छ ।
0 comments:
Post a Comment