इन्धन कालोबजारीबाट एक अर्ब कमाउने शर्मा प्रक्राउ

काठमाण्डु, २७ मंसिर– नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रवीनकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ । महानगरी प्रहरी अपराध महाशाखा टेकुको टोलीले शर्मालाई आइतबार साँझ थानकोटबाट नियन्त्रणमा लिएको हो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नाकाबन्दीका कारण चरम अभाव भएका बेला इन्धन कलोबजारी गरेको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको जानकारी दिए । शर्मामाथि लागेको अभियोगबारे छानबिन थालिएको खनालले बताए । शर्माले आधिकारिक वितरकलाई नदिई एक ट्यांकर इन्धनबाट तीन लाख रुपैयाँका दरले घूस लिएर अनियमितता गर्ने गरेको समाचार सञ्चार माध्यममा आएका थिए । शर्माले आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँग मिलेर तेल तस्कर गरेको आरोप लाग्दै आएको थियो । महाशाखा प्रमुख खनाल भन्छन्, ‘हामीले केही समय अघिदेखि तेलमा कालोबजारी गर्नेमाथि ‘एन्टी मंगर अपरेशन’ चलाउँदै आएका छौँ । त्यसक्रममा कालोबजारीमा संलग्न विभिन्न ब्यक्तिलाई पक्राउ गरिसकेका छौँ । उनीहरुकै बयानका आधारमा शर्मालाई पनि छानबिनका लागि नियन्त्रणमा लिएका हौँ ।’ अख्तियारले समेत शर्मामाथि कारबाही तयारी गरिरहेको बुझिएको छ । अख्तियार उच्त स्रोतका अनुसार पछिल्लो दुई महिनामा मात्र शर्माले इन्धन कालोबजारीबाट करिक एक अर्ब कमाएका छन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment