काठमाडौं, मंसिर २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदका लागि मात्र प्रधानमन्त्री बन्ने सपना नदेखेको बताएका छन् । सरकारी निवास बालुवाटारमा नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले प्रधानमन्त्री भएपछि आफूले धेरै सपना बुनेको भए पनि सबै जालमा परेको गुनासो गरे ।बनाइदिएको बताए । प्रधानमन्त्री ओलीले भूकम्पले दिएको धक्का बिर्सन नपाउँदै सीमा क्षेत्रमा भएको नाकाबन्दीको अर्को धक्का खेप्नु परेको बताए । भूकम्प र नाकाबन्दीले नेपाल र नेपाली जनतालाई ठूलो क्षति पुगेको भन्दै ओलीले क्षतिको पूर्ति गर्न धेरै समय खर्चनु पर्ने बताए । मुलुकमा देखिएको समस्या समाधानका लागि आफू प्रयासरत रहेको उनको भनाई थियो । प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीले भने नेपाली कला र संस्कृतिको जगेर्ना गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले नेपाली समाजलाई आगाडि बढाउन प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारलाई सहयोग गर्न आग्रह गरे ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment