भूकम्प पीडितका लागि नेपाली दूतावास कुवेत मार्फत दुई करोड जम्मा
कुवेत, मंसिर २५ - नेपाली दूतावास कुवेतले भूकम्प पीडितका लागि झण्डै दुई करोड रुपैयाँ सहयोग गरेको छ ।
दूतावासले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५८ हजार ५ सय रुपैयाँ जम्मा गरेको हो । दूतावासले हालसम्म १ करोड ९९ लाख रुपैयाँभन्दा माथि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाइसकेको जानकारी गराएको छ । यस्तै केहि कम्पनी र संघ संस्थाले दूतावासमा जम्मा नगरी सिधै प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरेका छन् ।
0 comments:
Post a Comment