गोदावरी मेलामा एक करोड सात लाख आम्दानी भयोः अर्थमन्त्री

ललितपुर, २५ मंसिर– अर्थमन्त्री विष्णु पौडेलले भारतले लगाएको नाकाबन्दी छिट्टै खुल्ने बताएका छन् । बाह्रवर्षे गोदावरी सिंहस्थ महामेला आयोजकले आफ्नो खर्च विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उनले इन्धन अभावले पैदा भएको समस्या समाधानतर्फ गएको बताएका छन् । मधेसी मोर्चासँगको वार्ता सकारात्मक हुँदै गएको उनको भनाइ रहेको थियो । चक्रपथदेखि गोदावरीसम्मको बाटोलाई फराकिलो पार्ने कार्यमा सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । यसैगरी, उनले वहुप्रतिक्षित ललित घुम्ती सडक निर्माण तथा गोदावरी करिडोर सडक निर्माणमा समेत सहयोग गर्ने आश्वासन दिए । गोदावरी कुण्डको जिर्णोद्धारलगायत नवनिर्माणमा पनि सरकारको सहयोग रहनेछ, उनले भने । महामेलामा एक करोड छ लाख ९६ हजार १२७ आम्दानी भएकोमा ४८ लाख ५८ हजार ५५७ रुपैयाँ बचत भएको आयोजकका सहसंयोजक मधुसुदन पौेडेलले बताए । गोदावरी मेला गत भाद्र महिनाभरि सञ्चालन भएको थियो ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment