महतोमाथि भएको घटनाको छानविनका लागि न्यायिक समिति गठनको माग

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना नेता राजेन्द्र महतोमाथि भएको घटनाको छानविनका लागि न्यायिक समिति गठनको माग गरेको छ।मोर्चाको आइतबार साँझ सिंहदरबारमा बसेको बैठकले सद्भावना पार्टीका अध्यक्ष महतोमाथि भएको लाठी प्रहारको घटना छानविनका लागि न्यायिक समिति गठनको माग गरेको हो। विराटनगरको रानी भन्सार नाकामा शनिबार मोर्चा र प्रहरीबीच झडप हुँदा महतो घाइते भएका थिए। मोर्चाले महतो लगायतका नेतालाई लाठी प्रहार गरी घाइते बनाउने प्रहरीमाथि कारवाहीको माग गरेको छ। मोर्चाको बैठकले महतो लगायतका नेता शान्तिपूर्ण रुपमा धर्नामा बसेका बेला प्रहरीले लाठी प्रहार गरेको भन्दै विराटनगर घटनाले सरकार वार्ता भाँड्नतिर लागेको ठहर छ। बैठकले सरकार वार्तामार्फत आन्दोलन सम्बोधन गर्न गम्भीर नदेखिएको निष्कर्षसहित मधेशका जिल्लामा जारी आन्दोलनलाई चर्काउने निर्णय गरेको छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment