मोर्चबाट भारतीय भूमिबाट धर्ना
नेपालगन्ज : नेपालगन्ज–रुपेडिया नाकाबाट बुधबार विहान १८ पेट्रोलियम पदार्थ ट्याङकरसहित ४६ मालवाहक गाडी भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय जुमनाहाका प्रहरी सहायक निरीक्षक हरिबहादुर गुरुङका अनुसार १२ डिजेल, ५ हवाइ इन्धन र १ मेट्टीतेल भित्रिएको छ ।
यो नाकाबाट सिमेन्ट, तोरी र मार्बल लगायतका २८ वटा ट्रक समेत भित्रिएको प्रहरीले जनाएको छ ।
१० बजेपछि भने लोकतान्त्रिक मधेसी मोर्चाका कार्याकर्ता दशगजा र भारतीय भूमिमा बसेका कारण नाका अवरोध भएको छ ।
प्रहरी अनुसार ३०-३५ इन्धन गाडि सहित २ सयबढी मालवाहक गाडी अझै रुपेडियामा रोकिएर रहेका छन् ।

0 comments:
Post a Comment