संशोधन विधेयक अमुर्त, अष्पस्ट र अपुर्ण रहेको मोर्चाको निष्कर्ष: आन्दोलन जारी राख्ने

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले 'सरकार गम्भिर नरहेको' निष्कर्ष निकाल्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। संघीय समाजवादी फोरमको कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले सरकारले वार्ता टोलीमार्फत पठाएको पत्रमा मधेशी जनताको चासो नसमेटिएकाले सरकार गम्भिर नरहेको स्पष्ट भएको निष्कर्ष निकालेको छ। सरकारले संसदमा अघि बढाएको संविधान संशोधन विधेयकले आफ्ना माग र चासो सम्बोधन नगरेको र यो विधेयक अमुर्त, अष्पस्ट र अपुर्ण रहेको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment