चिसो बढेपछि मुस्ताङका विद्यालय बन्द
मुस्ताङ, २७ मंसिर – हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसँंगै विद्यालयहरुले पठनपाठन बन्द गराएका छन् । उपल्लो मुस्ताङका छ गाविसमा सञ्चालित विद्यालयले भने कास्कीको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन् । चिसोसँगै विद्यार्थी विद्यालय जान र अध्ययन गर्न नसक्ने अवस्था सिर्जना हुन थालेपछि यही मंसिर २५ गतेदेखि जिल्लाभर सञ्चालित विद्यालयको पठनपाठन बन्द भएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार, पुस र माघ महिना पठनपाठन नहुने गरी विद्यालय बन्द भएका हुन् । पछिल्लो एक हप्तामा जिल्लामा अत्यधिक चिसो बढेको छ । सदरमुकाम जोमसोम लगायत क्षेत्रमा सर्वसाधारण आगो तापेर बस्न बाध्य भइरहेका छन् । ‘जाडोमा विद्यालय सञ्चालन गर्न कठिन छ ।’ उनले भने, ‘हरेक वर्ष हामीले दुई महिना हिउँदे बिदा दिने गरेका छौं ।

0 comments:
Post a Comment