संसद अवरोध र केटाकेटीको भान्साको झगडा उस्तैः प्रधानमन्त्री

 २६ मंसिर – प्रधानमन्त्री केपी ओलीले जिम्मेवार प्रतिपक्षीको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । शनिबार काभ्रेको बनेपामा एमाले काभ्रेको नवौं जिल्ला अधिवेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले केटाकेटीले भान्सामा झगडा गरेजस्तै गरी संसद अवरुद्ध पारेको आरोप लगाए । उनले पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुख नपाएको झोकमा संसद अवरुद्ध पारेको आरोप लगाए । उनले मुलुक अफ्ठेरो अवस्थामा रहेका बेलामा सबै मिलेर अघि बढ्नुपर्ने पनि बताए । ‘भूकम्पका कारण देश अप्ठेरो परिस्थितिमा छ, यस्तो बेला आरोप प्रत्यारोप गर्ने बेला होइन, मिलेर अघि बढ्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘नाकाबन्दीले जनजीवन कष्टकर भएको बेला सबै एकजुट भएर त्यसको सामना गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबैलाई अधिकार र अवसर दिएको उल्लेख गर्दै संविधानले दाल र चामल बुझाउने काम नगर्ने बताए । उनले संविधान बनाउन सबै दललाई घिसारेर ल्याएकाले केही दल रिसाएर एमालेको विरोध गर्नेलाई प्रतिपक्षमा बस्ने अभ्यास गनै सुझाव दिए । उनले एक वर्षभित्र मुुलुकलाई लोडसेडिङमुक्त गर्न पूर्वाधारको विकास हुने जानकारी दिँदै अन्य विकास निर्माणका कामपनि दु्रत गतिमा अघि बढ्ने दावी गरे । कार्यक्रममा पर्यटनमन्त्री आनन्द पोखरेलले सरकारको प्राथमिकता संघीय गणतन्त्रात्मक संविधानको कार्यान्वयन भएको उल्लेख गरे । उनले मधेसी मोर्चाको मागलाई वार्ताबाट समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment